तलको पम्प पड्किए माथिका पाहुना सबै सखाप

तलको पम्प पड्किए माथिका पाहुना सबै सखाप

जसकाे शक्ति उसको भक्ति भने झैं बागलुङ नगरपालिका वडा नम्बर २ मा हरिबहादुर सापकोटाले अबैध रूपमा सन्चालन गरेको न्यु धाैलागिरी इन्टरप्राइजेज पेट्रोल पम्पबारे पटकपटक सन्चार माध्यममा खबर संप्रेषण भएपनि नेपाल आयल निगमले अझैसम्म उसलाई निर्वाध पेट्रोल र डिजेल पठाइरहेकाे छ ।

नगरपालिकाकाे नियम बिपरित ६ तले सुविधा सम्पन्न भवन बनाई त्यहीँ पम्प चलाउँदासमेत स्थानीय निकाय,प्रहरी प्रशासन तैं चुप मैंचुप छन् । जुनसुकै जतिसुकै बेला पनि पेट्रोल पम्प बिस्फोट हुन सक्ने मान्यता रहेको भएपनि दबाब र प्रभावकै भरमा दादागिरी चलिरहेको छ ।

सानाेलाई ऐन ठूलालाई चैन भन्ने नारा अहिले बागलुङमा फेरि प्रमाणित भएको छ । निवर्तमान मेयर जनक पाैडेलकाे कार्यकालमा भवनको स्वीकृति लिन खाेजेपनि प्रमुख प्रशासकीय अधिकृतले पेट्रोल पम्प नसार्दासम्म नमानेपछि सापकोटाले धाैलागिरी इन्टर प्राइजेज नामक पम्प चलाइरहेका छन् ।

पेट्रोल पम्प खाेल्न र सन्चालन गर्नकाे लागि निश्चित नीति,विधि सरकारले बनाएको छ तर त्यसको १० प्रतिशत पनि नियम पालना भएको देखिदैन । मुख्य सडकको छेउमा बनाइएको कारणले उक्त पम्प मात्रै हैन त्यसैमाथि सन्चालित हाेटलसमेत २४ सै घण्टा जाेखिममा रहेको छ । सरकारले यस्तै हाेटलमा सरकारी कार्यक्रम गरेर अवैध धन्दालाई बढावा दिने काम गरेको कारण ब्यवसायी झन हाैसिएका हुन् ।

टिप्पणीहरू