युवकसँगै होटलमा रात बिताएकी किशोरीले पासो लगाइन्
बुटवलको गोलपार्क होटलमा एक किशोरी मृत फेला परेकी छन् । अस्ति राति एक युवकसहित बास बस्न गोलपार्क पुगेकी बुटवलकी १७ वर्षीया सदीक्षा गुरुङ हिजो दिउँसो कोठामा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । उनीहरु १०५ नम्बरको कोठा बुक गरेर बसेका थिए ।
प्रहरीका अनुसार घटनापछि फरार रहेका ती युवकलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको छ । प्रहरीले युवकको पहिचान गोप्य राखेको छ । मृतक सदीक्षा बुटवल उपमहानगरपालिका वडा नम्बर-२ कै स्थानीय रहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू