एकीकृत समाजवादी र अर्जेन्टिनी समाजवादी विद्यार्थीको निचोड : समाजवाद नजिकै छ

नेकपा एकीकृत समाजवादीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले अर्जेन्टिनाको पार्तिया ग्रान्डे पार्टीकी कार्यकर्ता एवम् स्थानीय एउटा विश्वविद्यालयकी विद्यार्थी युनियनकी पूर्वसभापति जिसेला कार्नाडाससँग अन्तरक्रिया गरेको छ ।

हिजो राजधानीमा भएको कार्यक्रममा ल्याटिन अमेरिकी क्षेत्रमा वामपन्थी राजनीतिमा विद्यार्थी आन्दोलनको भूमिका, अर्जेन्टिनाको शिक्षा प्रणाली र ल्याटिन अमेरिकामा देखिएको कम्युनिष्टहरूको विजयको विषयमा छलफल भएको हो ।

कार्यक्रममा बोल्दै अर्जेन्टिनी विद्यार्थी नेतृ जिसेलाले वोलिभियाले निकारागुवा, चिली, कोलम्बियालगायत देशमा वामपन्थीहरूको विजयले समाजवादी आन्दोलन बलियो बन्दै गएको बताइन् । यसबाट साम्राज्यवादीहरू अत्तालिएको बताउँदै उनले भनिन्, ‘ब्राजिलमा हुन गइरहेको निर्वाचनमा समेत वामपन्थी नेता लुलाको विजय सुनिश्चित छ ।’

‘हाल ल्याटिन अमेरिकामा समाजवादी आन्दोलन छ दशकयताकै बलियो अवस्थामा छ । चे ग्वेभारा, फिडेल क्यास्त्रो, ह्युगो चाभेजहरूले देखाएको बाटोमा हामी पुगेका छौं । विश्वभरी नै समाजवादी आन्दोलनलाई बलियो बनाउँदै समाजमा समानता र न्याय स्थापित गरी श्रमिक वर्गले आफ्नो अधिकार प्राप्त गर्नुपर्छ । यो संघर्षलाई विश्वव्यापी बनाउनु पर्दछ’, अन्तरक्रियामा जिसेलाले भनिन्, ‘यसका लागि विद्यार्थीहरू नै जाग्नुपर्छ ।’

जिसेला समाजवादी आन्दोलनको पक्षमा र साम्राज्यवाद विरोधी संघर्षको अन्तर्राष्ट्रिय अभियन्ताका रुपमा समेत परिचित छन् । उनी चीनमा आयोजित यस्तै कार्यक्रममा सहभागी भएर नेपाल आएकी हुन् ।

कार्यक्रममा अनेकास्ववियूका कार्यवाहक अध्यक्ष माधव पन्तले नेपालको विद्यार्थी आन्दोलन, यसले प्राप्त गरेका उपलब्धि, आजका चुनौती, विद्यार्थी आन्दोलनको आगामी वाटो र अन्तर्राष्ट्रिय विद्यार्थी नेटवर्क निर्माणको विषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा अनेरास्ववियूका महासचिव आरती लामालगायत अधिकांश पदाधिकारीहरुको उपस्थिति थियो ।

टिप्पणीहरू