गाविस सचिव पनि भ्रष्टाचार मुद्दामा तानिए
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुवनारायण झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेर भ्रष्टाचार गरेकोमा अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उक्त मुद्दामा झासँग अख्तियारले सात लाख ५१ हजार रुपैयाँ बिगो दाबी गरेको छ । उनले विभिन्न योजना कार्यान्वयन एवम् सेवा प्रवाहमा अनियमितता गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान शुरु गरेको हो ।
सचिव झाले सरकारी रकम सात लाख ५१ हजार रुपैयाँ विभिन्न व्यक्तिको नाममा झिकेर हिनामिना गरेका थिए ।
टिप्पणीहरू