कार्यकाल सकिने बेलामा उपसभामुखको चुनाव, निर्वाचन कार्यतालिका सार्वजनिक
लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख चयनका लागि दुई दिने निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
पर्सि शुक्रबार उपसभामुख चयन हुने गरी सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको हो । जसअनुसार भोलि ’उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनेर प्रस्तावको सूचना दर्ता हुनेछ । सूचना दर्ता गर्न भोलि बिहान ११ बजेदेखि १ बजेसम्मको समय छुट्याइएको छ ।
भोलि नै निर्धारित समयमा दर्ता भएका सूचनालाई क्रमानुसार प्रकाशित गर्ने सचिवालयले जनाएको छ । शुक्रबार बस्ने बैठकबाट उपसभामुख चयन गर्ने तालिका तय भएको छ ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि झण्डै तीन वर्षदेखि उपसभामुख खाली रहँदै आएको थियो । वर्तमान प्रतिनिधिसभा कार्यकालको अन्त्यतिर आइपुग्दा उपसभामुखको निर्वाचन हुन लागेको हो ।

टिप्पणीहरू