ओलीको प्रशँशा गर्दै कमल थापाले भने, ‘एमालेसँग सहकार्य गर्छौँ !’

ओलीको प्रशँशा गर्दै कमल थापाले भने, ‘एमालेसँग सहकार्य गर्छौँ !’

पूर्व पञ्चहरुको पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको सम्भावना रहेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा गोरखा पुगेका थापाले पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएका कामबाट आफूहरू प्रभावित भएकाले सहकार्यको सम्भावना देखेको उनले बताए । तर,चुनावी सहकार्यबारे अहिले छलफल शुरु नभएको थापाको भनाइ छ । बैशाख ३० गते सप्पन्न स्थानीय तहको चुनावनिम्ति लिखित सहमति गरेर कमल थापाले सूर्य चिन्हमा उम्मेदवार उठाएका थिए ।

‘अहिलेसम्मको हाम्रो कुराकानी र व्यवहारलाई दृष्टिगत गर्दा नेकपा एमालेसँग सहकार्यको सम्भावना बढी छ । यसबारेमा प्रारम्भिक कुरा पनि भइसकेको छैन’, उनले भने, ‘तर,हाम्रो अनुभवको आधारमा एमालेसँग सहकार्य गर्न सक्ने सम्भावना अलि बढी देख्छौँ ।’

राप्रपा नेपाललाई आगामी निर्वाचनबाट राष्ट्रिय पार्टीको रुपमा स्थापना गराउने अभियानमा आफूहरु लागेको पनि थापाले बताएका छन् । ‘हामीले सबै प्रदेशमा,स्थानीय तहमा र वडास्तरमा भदौभित्र संगठन विस्तार गरिसक्छौँ । त्यसपछि आगामी निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय पार्टीको रुपमा स्थापित गराउँछौँ’, उनले भने ।

टिप्पणीहरू