कालोकोटमा क-कसले पाए वरिष्ठको दर्जा ?
कानुनमन्त्री गोविन्द बन्दीसहित १३३ जना कानुन व्यवसायीले वरिष्ठ अधिवक्ताको उपधि पाएका छन् । आज बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले यो निर्णय गरेको हो ।
लामो समयदेखि कानुन व्यवसायमा सक्रिय वकिललाई सर्वोच्चले वरिष्ठ उपाधि प्रदान गरेको हो । सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० को दफा २१ बमोजिम १३३ अधिवक्तालाई वरिष्ठ उपाधि प्रदान गर्ने निर्णय भएको हो ।
वरिष्ठ उपाधि पाउनेमा कानुनमन्त्री बन्दीसहित पूर्वमहान्यायाधिवक्ता रमेश बडाल,नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टिकाराम भट्टराई,पूर्वमहासचिव सुनिल पोखरेल, अधिवक्ता मेघराज पोखरेल, प्रतिनिधिसभाको कानुन न्याय समितिका सभापतिसमेत रहेका अधिवक्ता कृष्णभक्त पोखरेललगायत रहेका छन् ।



टिप्पणीहरू