भारतले फेरि खोल्यो बाँध, सतर्कता अपनाउन नेपालको आग्रह

भारतले फेरि खोल्यो बाँध, सतर्कता अपनाउन नेपालको आग्रह

भारतले धारचुलास्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, दार्चुलाले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

जलविद्युत परियोजनाले शुक्रबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म बाँध खोलेको छ । त्यसपछि महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन भनिएको हो ।

अघिल्लो महिना पनि उक्त जलविद्युत परियोजनाले बाँधको ढोका खोलेको थियो ।

टिप्पणीहरू