नेताको निवासमा राजनीतिक दलाल र बिचौलियाको बिगबिगी, अमरेशसँगै प्रचण्ड र आरजू दिल्लीमा
राजनीतिक दलाल र बिचौलियाको पर्याय बनेका नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंह खुमलटार, बालुवाटार र बालकोटसँगको जोड घटाउपछि नयाँ दिल्ली पुगेका छन् । दिनहुँ नेताको निवासमा पुगेर यताको कुरो उतो पुर्याउने व्यवसाय गर्दै आएका उनी अहिले भारत गएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज त्यसतर्फ जाँदै हुनुहुन्छ । बिचौलिया सिंह भने अस्ति नयाँ दिल्ली पुगेका छन् । यसअघि गत आइतबार प्रधानमन्त्री पत्नी तथा काँग्रेस नेतृ डा. आरजू राणा त्यसतर्फ जानुभएको थियो । त्यहि दिन चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुखको नेतृत्वमा छ सदस्यीय टोली नेपालको चार दिने भ्रमणमा काठमाडौं आएको हो ।
राजनीतिक दलका शीर्ष नेताहरुसँग नियमित भेटघाट गरेर राजनीतिक रोटी सेक्ने काम गर्दै आएका अमरेशकुमार सिंहले भारत जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डसँग पटक पटक भेटेका थिए । त्यसपछि बल्ल उनी त्यसतर्फ गएका हुन् ।
अनौठो संयोगको रुपमा आज अध्यक्ष प्रचण्ड त्यसतर्फ जान लाग्नुभएको छ । प्रधानमन्त्री पत्नी आरजू २६ गते नयाँ दिल्ली जानुभएको थियो । उहाँ नेपाल वायुसेवा निगमको उडानबाट त्यसतर्फ जानुभएको हो ।
“प्रचण्डलाई भेटेपछि उनी दौडिँदै राती बालकोट पुगे । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनले प्रचण्ड पनि भारत जाँदैछन् भनेर चुक्ली लगाइदिएको माओवादीहरुको बुझाइ छ ।”
अमरेशकुमारले प्रचण्डसँग एक सातामा चार पटक लगातार भेटेको विषयले सबैलाई अचम्भित बनाएको छ । पार्टीमा कुनै औपचारिक ओहोदा वा जिम्मेवारी नरहेको,राजकीय जिम्मेवारी पनि नभएको,सर्वाधिक विवादित व्यक्तिसँग प्रचण्डले असार १९, २२, २४ र २६ गते लगातार भेट्नुभएको उहाँका स्वकीय सचिव रमेश मल्लले पुष्टि गरेका छन् ।
त्यति मात्रै होइन भारतीय नवनियुक्त राजदूत नवीन श्रीवास्तवलाई समेत लिएर अमरेशकुमार यसबीचमा खुमलटार पुगेका छन् । उनै अमरेशले लैनचौर पुगेर गत १७ गते राजदूतलाई भेटेका थिए । त्यसको भोलिपल्टै उनी राजदूतलाई लिएर फेरि खुमलटार पुगेका हुन् ।
प्रचण्डलाई भेटेपछि उनी दौडिँदै राती बालकोट पुगे । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनले प्रचण्ड पनि भारत जाँदैछन् भनेर चुक्ली लगाइदिएको माओवादीहरुको बुझाइ छ । यसरी पटक पटकको भेटमा उता बालकोटका केही कुरा खुमलटारलाई पनि नसुनाउने कुरै भएन ।
एमाले अध्यक्ष ओलीलाई अमरेशले २६ गते राति भेटेका हुन् । सोही दिन दिउँसो प्रचण्डलाई भेटेर दुवै ठाउँमा एक घण्टा बढी कुराकानी गरेको बताइन्छ । राजनीतिक दलाल र बिचौलियाको उपमा पाएका अमरेशलाई नेताहरुले अरु सबै जिम्मेवारी छाडेर भनेकै समयमा छलफल र भेटघाटको लागि ढोका खोल्नुले पनि अनेक आशंका उब्जाएको हो ।
टिप्पणीहरू