कोमल वली बालकोटमा ‘बा’ सँग पौने घण्टा

कोमल वली बालकोटमा ‘बा’ सँग पौने घण्टा

मंगलबार दिनभर चिनियाँ पाहुनाले भरिभराउ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बुधबार र बिहीबार तुलनात्मकरुपमा सुनसान देखियो । दशौं महाधिवेशनयता नेता–कार्यकर्ताको भीड लागिरहने बालकोटस्थित ओली निवास पछिल्ला दुई दिन सुनसान देखिएको हो ।

अस्ति बुधबार एकैछिन मधेशका नेता रघुवीर महासेठ बालकोटमा देखिएका थिए । हिजो उपमहासचिव प्रदिप ज्ञवाली र केन्द्रीय सदस्य कोमल वलीबाहेक अरु कोही पनि बालकोट गएनन् ।

राप्रपा छाडेर एमाले प्रवेश गरेलगत्तै राष्ट्रियसभा सदस्य बनेकी र सौराहा महाधिवेशनबाट एकैचोटी केन्द्रीय सदस्यमा छानिएकी गायिका तथा पूर्वसमाचारवाचिका कोमल वली पछिल्लो समय सबैभन्दा बढी ‘बा’ भेट्न बालकोट जानेमध्येमा पर्छिन् । हिजो पनि उनी बिहानै अध्यक्ष निवास पुगेकी थिइन् ।

ओलीसँग पौने घण्टा बातचित गरेर उनी फर्किएपछि साँझतिर उपमहासचिव ज्ञवाली बालकोट पुगेका थिए । अध्यक्ष र उपमहासचिवबीच एक घण्टा कुराकानी भएको एमाले स्रोतले बताएको छ ।

टिप्पणीहरू