मिराज ढुंगाना समूहलाई नियन्त्रणमा लिने तयारी
प्रहरीले जेन जीको एउटा समूहका नेता मिराज ढुंगाना र उनको समूहलाई नियन्त्रणमा लिने तयारी गरेको छ । अहिले बिहान ११ बजे काठमाडौंको माइतीघरमा आन्दोलन गर्न लागेको उक्त समूहलाई शुरुमै नियन्त्रणमा लिने तयारीस्वरुप व्यापक प्रहरी परिचालन गरिएको छ ।
ढुंगाना समूहले जिल्ला प्रशासन कार्यालय,काठमाडौंबाट आन्दोलनको अनुमति नलिएको जनाउँदै प्रहरीले धरपकडको तयारी थालेको हो । ढुंगाना समूहले हिजो दिउँसो डिल्लीबजारको एउटा रेष्टुरेन्ट,भोजन गृहमा आयोजना गरेको पत्रकार सम्मेलनमा १० बुँदे माग प्रस्तुत गर्दै आजदेखि आन्दोलनमा जाने घोषणा गरेको थियो ।
ढुङ्गानाले आफूहरुले भदौमा सुशासनका पक्षमा आन्दोलन गरे पनि त्यसको मर्म र भावनाविपरितका परिणाम आउन थालेकाले आन्दोलन गर्नुपरेको बताएका छन् ।
टिप्पणीहरू