एमाले उम्मेदवारी शुल्क : ५ देखि १५ हजारसम्म
काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुल्क तोकिएको छ । निर्वाचन प्रक्रियासँगै अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार र पदाधिकारी तथा केन्द्रीय आयोग अध्यक्षको उम्मेदवारी शुल्क १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
सदस्य र केन्द्रीय आयोग पदाधिकारी तथा सदस्यको उम्मेदवारी शुल्क भने ५ हजार रुपैयाँ तोकिएको छ । अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ ।
उनीहरु दुवैको समूह प्रतिस्पर्धामा उत्रिँदै छ । निर्वाचन तालिकाअनुसार आज साँझ उम्मेदवारको अन्तिम नामावली सार्वजनिक र भोलि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
टिप्पणीहरू