दिउँसो दुई आयोगको म्याद थप,राती पदाधिकारीहरुको बिदाइ

दिउँसो दुई आयोगको म्याद थप,राती पदाधिकारीहरुको बिदाइ

सरकारले शान्ति प्रक्रियासम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । उक्त विधेयक आज राति अबेर दर्ता गरिएको हो ।

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीलाई हटाउने निर्णय पनि गरेको छ । शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन आज विधेयक दर्ता गरेर पदाधिकारी हटाउने निर्णय गरिएको हो ।

सर्वोच्च अदालतको फैसला,पीडित र सरोकारवालाको चासोलाई ध्यानमा राखेर उक्त विधेयक दर्ता गरिएको बताइएको छ ।

अब बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदी र सदस्यहरु विश्वप्रकाश भण्डारी,गंगाधर अधिकारी,सुनिल रञ्जन सिंह र सरिता थापा स्वतः पदमुक्त भएका छन् ।त्यसैगरी सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष गणेशदत्त भट्ट र सदस्यहरु डा. गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेल पनि आजैको निर्णयबाट हटाइएका छन् ।

टिप्पणीहरू