ब्लड प्रेसर बढेपछि आमरण अनसन बस्ने व्यक्ति फेरिए

ब्लड प्रेसर बढेपछि आमरण अनसन बस्ने व्यक्ति फेरिए

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयभित्रको विकृति र विसङ्गतिविरुद्ध आन्दोलन थालेको छ । संगठनले गत मंगलबार १३ बुँदे माग बुझाएर सोही दिन दिउँसोबाट उपकुलपतिको कार्यालय प्रवेशद्वारमा आमरण अनसन गरेको हो ।

संगठनका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्त आमरण बसेका हुन् । तर २४ घण्टा नबित्दै उनीहरुको स्वास्थ्यमा समस्या देखिएकाले भोलिपल्ट दिउँसो महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुको रक्तचाप बढेपछि अस्पताल लगिएको हो ।

आमरण अनसन बसेका दुवै जनालाई अस्पताल लगेपछि खालि भएको अनसनस्थलमा बुधबारदेखि उक्त संगठनको काठमाडौं जिल्ला अध्यक्ष एटम शर्मा आमरण अनसनकारी भएका हुन् । तर, हिजो साँझ उपचारपछि फर्केका पराजुली र पन्त पुनः साढे ७ बजेदेखि आमरण बसेको बताइन्छ ।

उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

टिप्पणीहरू