एमाले अध्यक्षको निजी चिकित्सक अस्पताल ठप्प पार्ने निर्णयबाट “ब्याक”
राष्ट्रपति विद्यादेवी भण्डारी आज त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान “टिचिङ्ग हस्पिटल” को ५० औं वार्षिकोत्सवमा सहभागी हुने कार्यक्रम छ । स्वर्ण जयन्ती महोत्सव भनिएको उक्त कार्यक्रम राष्ट्रपति भवनबाट नजिकैको टिचिङ हस्पिटल प्राङ्गणमा हुन लागेको हो ।
राष्ट्रपति सहभागी हुने कार्यक्रमको निम्ति आज अस्पतालका आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरिएको थियो । तर,एउटा कार्यक्रमको निम्ति हजारौं बिरामीले पीडा खेप्नु पर्ने भन्दै चौतर्फी विरोध भएपछि उक्त संस्थानले आज अस्पताल खोल्ने निर्णय गरेको छ ।
आज दिउँसो कार्यक्रम हुने भएकोले बिहानको सबै सेवा सुचारु गरिएको छ । सामान्यतयाः अस्पतालको व्यस्त सेवा दिउँसो ३ बजेसम्म हुने गरेको छ । राष्ट्रपति उपस्थित हुने कार्यक्रमको समय अहिलेसम्म तोकिएको छैन । त्यस्तो अवस्थामा अस्पतालका सबै सेवामा बिहानैदेखि लगाइएको रोकबारे सर्वसाधारणले रोष प्रकट गरेका थिए ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन दिव्या सिंह शाह हुनुहुन्छ । उहाँ यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा निजी चिकित्सकहरुमध्येको एक हुनुहुन्थ्यो ।

टिप्पणीहरू