गठबन्धन लम्ब्याउन दिल्लीमा छलफल: शंकर पोखरेल

गठबन्धन लम्ब्याउन दिल्लीमा छलफल: शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनको आयु लम्ब्याउन भारतको राजधानी नयाँ दिल्लीमा छलफल भइरहेको आरोप लगाउनुभएको छ । आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री पत्नी आरजु राणाको भारत भ्रमणले नेपालमा भारतीय चलखेल बढाएको बताउनु भएको हो ।

पोखरेलले, ‘गठबन्धनका दुई प्रमुख घटकका नेताहरू अहिले दिल्ली दौडाहामा हुनुहुन्छ, नेपालको राजनीतिक मान्यतालाई खण्डित गर्ने काम गठबन्धनका नेताहरूबाट भएको छ, आगामी निर्वाचनसम्म सत्ता गठबन्धन कसरी लम्ब्याउन सकिन्छ भन्ने विषय इण्डियामा गएर छलफल गर्नु पर्ने अवस्था आएकाले राष्ट्रिय हित र स्वाधीनताको प्रश्नमा योभन्दा अर्को लाचारी के हुनसक्छ ?’भन्दै प्रश्न गर्नु भएको छ ।

गभर्नर प्रकरणमा पोखरेलले नेपालको अर्थतन्त्रलाई जोगाउन खोज्दा महाप्रसाद अधिकारीमाथि आक्रमण भएको बताउनुभयो । उहाँले गभर्नरको सन्दर्भमा सञ्चारमाध्यमहरूले प्रायोजित तवरले हल्ला चलाएको आरोपसमेत लगाउनुभएको छ ।

टिप्पणीहरू