पत्रकार भकुर्ने प्राधिकरणका ७ कर्मचारी समातिए

पत्रकार भकुर्ने प्राधिकरणका ७ कर्मचारी समातिए

राष्ट्रिय समाचार समिति (रासस) का चितवन जिल्ला समाचारदातालाई कुटपिट गरेको आरोपमा सात जना पक्राउ परेका छन् ।

पत्रकार कृष्ण आचार्यलाई कुटेको भन्दै प्रहरीले विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ साह, सिनियर मिटररिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेललाई आज पक्राउ गरेको हो ।

उनीहरुलाई कानुनअनुसार कारबाहीको लागि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनका अनुसार कार्यालय परिसरभित्रै कर्मचारीले मदिरा सेवन गरेको समाचार संकलन गर्न प्राधिकरण कार्यालय पुगेका आचार्यलाई उनीहरुले कुटपिट गरेका थिए ।

कुटपिटबाट आचार्यको हातमा चोट लागेको छ । समूह नै मिलेर कुट्न थालेपछि आचार्य ज्यान जोगाउन त्यहाँबाट भागेका थिए । उनीहरुले कुटपिटपछि आचार्यको साथमा रहेको दुईवटा मोबाइलसमेत नियन्त्रणमा लिएको बताइएको छ ।

टिप्पणीहरू