नयाँ दिल्लीमा पनि प्रचण्ड उत्तिकै व्यस्त, भाजपा अध्यक्ष भेट्न मुख्यालयमा

नयाँ दिल्लीमा पनि प्रचण्ड उत्तिकै व्यस्त, भाजपा अध्यक्ष भेट्न मुख्यालयमा

तीन दिने भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।

भेटमा भारतीय विदेशी मन्त्री एस. जयशंकर र भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाला पनि सहभागी थिए । भेटवार्ताको निम्ति प्रचण्ड भाजपाको मुख्यालय पुग्नुभएको हो ।

आजै प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता हुने बताइएको छ । तर समय निश्चित भइसकेको छैन । अस्ति दिल्ली पुग्नुभएका प्रचण्डले हिजो भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश मन्त्री जयशंकरसँग भेटवार्ता गर्नुभएको थियो ।

उहाँ अध्यक्ष नड्डाको विशेष निमन्त्रणामा भारत भ्रमणमा जानुभएको हो । उहाँ आजै स्वदेश फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू