राप्तीमा जंकफुड र खादा प्रयोगमा रोक, कोकाकोलाको सट्टा दुग्ध पदार्थमा जोड
दाङको राप्ती गाउँपालिकाले जंकफुड (पत्रु खान) र प्लाष्टिकका माला तथा खादा प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
गाउँपालिकाभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तिय संस्थामा जंक फुड र खादाको प्रयोगमा प्रतिबन्ध लगाइएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालकाअनुसार अब संघसंस्थाले कुनै पनि सार्वजनिक कार्यक्रम सञ्चालन गर्दा प्लास्टिकका फूल र खादा प्रयोग गर्न पाउने छैनन् ।
त्यस्ता कार्यक्रममा कोल्ड ड्रिंक्सका नाममा कोकाकोला, पेप्सीकोलालगायत राख्न प्रतिबन्ध लगाउने निर्णय भएको उनले बताए ।
यसले वातावरण र स्वास्थ्यमा प्रतिकूल असर पारेकाले गाउँपालिकाको गत असार १९ गतेको बैठकले यस्ता वस्तुमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
गाउँपालिकाले स्थानीय उत्पादन प्रवद्र्धन गर्न प्राकृतिक तथा दुग्धजन्य पदार्थको प्रयोगमा जोड दिएको छ ।
टिप्पणीहरू