प्रधान सेनापतिको अष्ट्रेलिया भ्रमण सदर

प्रधान सेनापतिको अष्ट्रेलिया भ्रमण सदर

प्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भ्रमणमा जानुहुने भएको छ । उहाँ तीन दिने भ्रमणको लागि त्यता जान लाग्नुभएको हो ।

सिड्नीमा साउन ९ गतेदेखि ११ गतेसम्म हुन लागेको सैनिक प्रमुखहरुको सम्मेलनमा भाग लिन प्रधान सेनापति शर्मालाई क्याबिनेट बैठकले अनुमति दिएको हो । मन्त्रिपरिषद्को हिजोको निर्णयमा भनिएको छ, ‘प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मालाई मिति २०७९ साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा सञ्चालन हुने एनुअल चिफ्स अफ डिफेन्स कन्फरेन्स २०२२ मा भाग लिन स्वीकृति दिने ।’

यसअघि गत असारमा उहाँ अमेरिकाको औपचारिक भ्रमणमा जानुभएको थियो । प्रधान सेनापतिको भ्रमणपछि हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण भने अहिलेसम्म अन्यौलमा छ ।

टिप्पणीहरू