नारायणी नदीको बीचमा बेवारिसे शव
आज दिउँसो चितवनमा एउटा बेवारिसे शव फेला परेको छ । साँझ ५ बजेको समयमा भरतपुर १६ को सिद्धिगणेश मन्दिरस्थित नारायणी नदीको बीच भागमा रहेको टापुुमा पुरुषको सडेको अवस्थाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा गएको टोलीले मुचुल्का उठाएर पोष्टमार्टमको लागि शव भरतपुर अस्पतालमा ल्याएको हो ।
नारायणगढबाट ७ किलोमिटर दक्षिणमा पर्ने उक्त स्थानमा फेला परेको शव र घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।
टिप्पणीहरू