आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको बयान दिने पालो
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले मोटामोटी छलफल सकाएको छ । समितिले आन्तरिक छलफल गर्न आज बिहान साढे १० बजेका लागि बैठक बोलाइएको हो ।
आजको बैठकमा छलफलको निम्ति शर्मालाई बोलाइएको बताइन्छ । समितिले गत मंगलबारदेखि कार्य प्रारम्भ गरेको हो । हिजोसम्म मन्त्रालयका सचिव, सहसचिव र विभिन्न तहका कर्मचारीहरूसँग आवश्यक छलफल गरिसकेको छ । सिसिटिभीसँग सम्बन्धित आईटी इन्जिनियर र बजेट महाशाखा प्रमुखलाई पनि बोलाएर सोधनी गरेको थियो ।
शर्मालाई बजेटसँग असम्बन्धित व्यक्तिलाई बजेट भाषणको अघिल्लो दिन मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरिएको आरोप लाग्दै आएको छ । संसदमा विपक्षी एमालेले मन्त्रीको राजीनामा र संसदीय छानबिन सिमित गठनको माग गरेपछि असार २२ गते समिति गठन भएको हो । समितिलाई १० दिनको कार्यादेश दिइएको छ ।
टिप्पणीहरू