भारतीय जीपमा दुई क्विण्टल गाँजा

भारतीय जीपमा दुई क्विण्टल गाँजा

रौतहटको एउटा आँप बगैंचामा पार्किङ गरिएको भारतीय नम्बर प्लेटको जीपमा झण्डै दुई सय केजी गाँजा फेला परेको छ । डीएल४सीएनडी ६२२९ नम्बर प्लेटको स्कोर्पियो जीपमा १४ केजी तौलका १३ पोकामा उक्त गाँजा राखिएको हो ।

हिजो राति १० बजेको समयमा रौतहटको राजपुर नगरपालिका ६ कुइयास्थित सुरक्षा बेस फतुवाबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले गाँजा र सवारी साधन नियन्त्रणमा लिएको हो । इन्स्पेक्टर विनय श्रेष्ठको नेतृत्वमा गस्तीमा गएको १३ जनाको टोलीले एक सय ९२ केजी चार सय ग्राम गाँजा र उक्त सवारी साधनलाई नियन्त्रणमा लिएको थियो ।

पछि अर्का इन्स्पेक्टर दिल बडुवालको नेतृत्वमा १९ जनाको टोली उक्त स्थानमा पुगेपछि सवारी साधन र गाँजालाई राति नै गणमा ल्याएर राखिएको बताइन्छ ।

टिप्पणीहरू