प्रचण्ड भारतबाट फर्कने बित्तिक्कै मन्त्री र नेता हुरुरु
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गर्न गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला खुमलटार पुग्नुभएको छ । उहाँहरु आज बिहान त्यहाँ जानुभएको हो ।
छलफलमा माओवादी नेताहरू देवप्रसाद गुरुङ,वर्षमान पुन र शक्ति बस्नेत पनि रहेको बताइएको छ ।
संसदमा पेश भएको नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलगायत अन्य विधेयकहरूबारे कुराकानी गर्न मन्त्रीहरु त्यहाँ जानुभएको हो । सत्तारुढ गठबन्धन दलको समान धारणा बनाएर अगाडि बढ्न भेटघाट थालिएको दाबी गरिएको छ ।
सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका साथै अन्य अत्यावश्यक विधेयकहरू अघि बढाउन छलफललाई निरन्तरता दिन लागेको जानकारी दिइएको छ । तर सबैभन्दा धेरै चासो राखिएको नागरिकता विधेयकमा सहमति जुटाउन राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरिएको सरकार पक्षको भनाइ छ ।
टिप्पणीहरू