मन्त्रीहरु निस्केपछि खुमलटारमा नारायणकाजी
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गर्न उपाध्यक्ष नारायणकाजी श्रेष्ठ खुमलटार पुग्नुभएको छ । उहाँ गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला खुमलटारबाट निस्केपछि त्यहाँ पुग्नुभएको हो ।
अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठबीच पौने १ बजेसम्म कुराकानी भएको हो । श्रेष्ठ १० बजे खुमलटार छिर्नुभएको बताइन्छ ।
त्यसअघि खुमलटारमा मन्त्रीहरुसँग भएको छलफलमा माओवादी नेताहरू देवप्रसाद गुरुङ, वर्षमान पुन र शक्ति बस्नेत हुनुहुन्थ्यो ।
अघिल्लो भेटमा संसदमा पेश भएको नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलगायत अन्य विधेयकहरूबारे कुराकानी भएको बताइएको छ । नेता श्रेष्ठसँगको भेटमा उहाँहरुबीच अध्यक्ष दाहालको भारत भ्रमणलगायतको विषयमा छलफल भएको बुझिएको छ ।
टिप्पणीहरू