पोखराको व्यस्त बजारमा एटीएम मेशिन फोरियो
पोखरामा एनआईसी एसिया बैंकको एटिएम मेसिन फोर्न खोजेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रुकुम घर भई हाल पोखरा महानगरपालिका–९, पृथ्वीचोक बस्ने १९ वर्षीय नरेश पुन एटीएम तोडफोड आरोपमा प्रहरीको नियन्त्रणमा पुगेका हुन् ।
उनले पोखराको न्यूरोडस्थित एनआईसी एसिया बैंकको एटिएम मेसिन फोर्न खोजेका थिए । उक्त कार्य सफल नहुँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पुनले माटो खन्न प्रयोग हुने पिकले मेसिनमा हिर्काएका थिए । तर सिसिटिभीबाट उनको उक्त कार्य देखेपछि प्रहरीले पक्रेको हो ।
मगरलाई जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप गरेपछि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू