काँग्रेस सत्ता गठबन्धनलाई चुनावसम्म लान तयार

काँग्रेस सत्ता गठबन्धनलाई चुनावसम्म लान तयार

नेपाली काँग्रेस आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्न कस्सिएको छ । आज सम्पन्न केन्द्रीय समिति बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूसँग तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो ।

स्थानीय निर्वाचनमा गठबन्धन सफल भएको निष्कर्ष निकालेको उसले आगामी निर्वाचनमा पनि त्यसलाई कायमै राखेर बहुमत ल्याउने लक्ष्य लिएको देखिन्छ ।

संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै स्थीर सरकारका लागि सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

‘यसरी गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक,सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आमनेपाली जनतालाई पाँच वर्षमा स्थीर सरकारमार्फत गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा नेपाली काँग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर यो बैठक गर्दछ’,उनको भनाइ छ ।

यी हुन् बैठकका निर्णय :

टिप्पणीहरू