एमाले बैठकमा मोबाइल बन्देज
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई अनुशासन पालना गर्न निर्देशन दिएका छन् ।
केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले अनुशासनमा बाँधिन नसके पार्टीभित्र छाडातन्त्र बढ्ने बताएका हुन् । बैठक औपचारिक रुपमा सुरु हुनुअघि अध्यक्ष ओलीले मोबाइल अफ वा साइलेन्ट राख्न कडा निर्देशन पनि दिए ।
‘बैठकमा मोबाइल बज्नु हुँदैन, कोही पनि बोलेर हल्ला गर्नु भएन’, उनले भने, ‘हामी सुदृढ अनुशासनमा बस्छौँ, अनुशासन मानव हुनुको नाताले, सामाजिक प्राणी हुनुको नाताले अनिवार्य छ ।’
बैठक अहिले जारी छ ।
टिप्पणीहरू