टुँडिखेलको ध्यानमा प्रधानमन्त्री सहभागी हुँदै

टुँडिखेलको ध्यानमा प्रधानमन्त्री सहभागी हुँदै

योे वर्ष पनि नेपालमा ‘विश्व ध्यान दिवस’ मनाउन लागिएको छ । संयुक्त राष्ट्रसंघले प्रत्येक वर्षको डिसेम्बर २१ तारिखलाई ध्यान दिवस घोषणा गरेपछि दोस्रो पटक उक्त दिवस मनाउन लागिएको हो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार पर्सि आइतबार विविध कार्यक्रम आयोजना गरेर दिवस मनाइँदैछ । सो दिन काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा विश्व ध्यान दिवस मनाउने कार्यक्रम छ ।

‘पुस ६ गते आइतबार ‘विश्व शान्ति र सद्भावका लागि ध्यान’ भन्ने आदर्श वाक्यसहित सैनिक मञ्च टुँडिखेलमा बिहान ९ बजेदेखि ११ बजेसम्म सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमु्ख आतिथ्यतामा विविध क्रियाकलापसाथ मनाउने कार्यक्रम तय भएको,’ मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू