अर्काकी श्रीमती भगाउने,करोडौं नतिर्ने अनि उल्टै स्कुटरको डिक्कीमा पेस्तोल राखिदिने ?

अर्काकी श्रीमती भगाउने,करोडौं नतिर्ने अनि उल्टै स्कुटरको डिक्कीमा पेस्तोल राखिदिने ?

गत असार १३ गते ललितपुरको महालक्ष्मी नगरपालिका-४ मा एउटा स्कुटरको डिक्कीभित्र दुई राउण्ड गोली फेला परेको घटनामा एकपछि अर्को व्यक्ति जोडिने र तानिने क्रम बढ्दो छ । सोही नगरपालिका ८, लुभू बस्ने ५४ वर्षेे श्यामकृष्ण श्रेष्ठ चढेको प्रदेश ३–०२–०१२ प ६२४१ नम्बरको स्कुटरको डिक्कीबाट उक्त गोलीसहितको पेस्तोल बरामद भएको थियो ।

श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा अन्य दुई जना पनि तानिएका छन् । अनिल श्रेष्ठ र अख्खनदास श्रेष्ठलाई पक्राउ गरी प्रहरीले हातहतियार तथा खरखजाना अपराधिक षडयन्त्र मुद्दामा जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिएको छ ।

हालसम्मको अनुसन्धानबाट अभियुक्त अनिल श्रेष्ठ सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका वर्तमान अध्यक्ष, अख्खनदास श्रेष्ठ निवर्तमान उपाध्यक्ष र श्यामकृष्ण श्रेष्ठ सोही संस्थाको व्यवस्थापक भएको खुलेको छ ।

उनी हिँडेपछि अनिल श्रेष्ठले प्रहरीलाई फोन गरी श्यामकृष्णको स्कुटरमा हतियार रहेको सूचना दिएको बताइन्छ । उनले त्यतिबेला २५ पटक फोन गरेर श्यामकृष्णको लोकेशनसमेत जानकारी गराएको टेलिफोनको कल डिटेलबाट खुल्न आएको हो ।

अभियुक्त अनिलले सर्लाही घर भई हाल लुभू बस्ने शिवजी महतोकी श्रीमती सरस्वती खत्रीलाई भगाई दोस्रो बिवाह गरेकाले अनिल श्रेष्ठ र सरस्वतीलाई जिल्ला प्रहरी परिसर ललितपुरले गत चैत १७ गते बहुविवाह मुद्दा दर्ता गरेर अनुसन्धान तथा कारवाही अघि बढाएको थियो । अर्कोतर्फ श्यामकृष्ण र शिवजी हितैषी साथी भएकाले श्यामकृष्णले अनिलविरुध्द अदालतमासमेत साक्षी बकपत्र गरेकाले अनिलले श्यामकृष्णसङ्ग भित्री दुश्मनी लिएको रहस्य खुल्न आएको प्रहरीको भनाइ छ ।

अनिल श्रेष्ठले सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाबाट आफ्नो र परिवारको नाममा दुई करोड पन्चान्नब्बे लाख कर्जा निकालेका थिए । सोको ब्याज तथा साँवा रकम नतिरी कर्जा अनियमितता गरेकाले कर्जा चुक्ता गर्न व्यवस्थापक श्यामकृष्णले अनिललाई पटक पटक ताकेता गरेपछि उक्त विषयतर्फ पनि प्रहरीले आशंका गरेको देखिन आएको हो ।

श्यामकृष्ण पक्राउ पर्नुअघि अनिलले जिल्ला प्रहरी परिसर,ललितपुरमा फोन गरी श्यामकृष्ण चढ्ने स्कुटरमा पेस्तोल र गोली रहेको सूचना दिएका थिए । तर प्रहरीले व्यापक परिचालन गरे पनि उक्त नम्बरको स्कुटर फेला परेको थिएन ।

तर जेठ २५ गते उनै अनिल उक्त सहकारीमा जानुपर्ने कुनै कारण नदेखिए पनि श्यामकृष्ण पक्राउ नपरेकाले आफैं सहकारी कार्यालयको पार्किङमा गई उनको स्कुटरबाट उक्त हतियार निकालेको देखिन आएको थियो । दिउँसो साढे ३ बजेको समय सहकारीमा जडान गरिएको सिसिटिभी फुटेजबाट अनिलले उक्त हर्कत गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि असार १३ गते सहकारीको काममा श्यामकृष्ण श्रेष्ठ प्रदेश ३–०२–०१२प ६२४१ नम्बरको स्कुटर चढेर लगनखेलस्थित मालपोत कार्यालय गए । उनी हिँडेपछि अनिल श्रेष्ठले प्रहरीलाई फोन गरी श्यामकृष्णको स्कुटरमा हतियार रहेको सूचना दिएको बताइन्छ । उनले त्यतिबेला २५ पटक फोन गरेर श्यामकृष्णको लोकेशनसमेत जानकारी गराएको टेलिफोनको कल डिटेलबाट खुल्न आएको हो ।

स्कुटर सहयोगी सहकारीको भएको तर श्यामकृष्ण श्रेष्ठले चढ्ने गरे पनि अर्को साँचो पूर्वउपाध्यक्ष अख्खनदास श्रेष्ठसँग समेत थियो । अख्खनले २५ दिनअगाडि साँचो अनिल श्रेष्ठलाई दिएकाले उनले नै स्कुटरको डिक्की खोली हतियार राखेको निश्कर्षमा प्रहरी पुगेको छ ।पूर्व रिसइवी तथा कर्जा असुलीमा ताकेता गर्दा आफूलाई परेको असरसमेतको कारण श्यामकृष्णलाई फसाउन अभियुक्त अनिलले अपराधिक षड्यन्त्र गरेको देखिन आएको हो । सोही निश्कर्षपछि अहिले श्यामकृष्ण श्रेष्ठलाई हाजिर जमानीमा छाडिएको छ भने ४३ वर्षे अनिल र ५० वर्षे अख्खनदास श्रेष्ठ खोरमा पुगेका छन् ।

टिप्पणीहरू