देउवाको राजमा,कहिँ नभएको जात्रा सशस्त्रमा
के नीति,के नियम,आफ्नो हात जगन्नाथ यसै भनिएको हैन रहेछ ।
लेखा र कानूनजस्ता यस्ता मालदार ठाउँ छन् जहाँ भविष्य (रकम कलम) र करियर (मुध्दा मामिला) मिलाउने काम लक्ष्य र गच्छेअनुसार सहजै सम्पन्न हुने गर्छ । हलचोक अहिले यस्तै नातावाद,कृपावाद,मनपरि सरुवा,बढुवाको कारण हल न चलको अवस्थामा पुगेको बताइन्छ । पछिल्लो नमूना हो-गणेश मल्ल,होम ज्ञवाली र छविलाल पाण्डेको बढुवा ।
सशस्त्र प्रहरी बलले हिजो एसपीमा एक जनालाई बढुवा गरेको छ । आफ्नो समूहमा आफ्नै दरवन्दी सिर्जना गरेर आफै फुली थापी फेसबुकमा अरुलाई “देख्यौ त मेरो पौरख ?” भन्दै हाँसेको फोटो हाल्न पछि नपर्नेमध्येका सशस्त्र प्रहरी नायव उपरीक्षकहरुमध्ये छविलाल पाण्डेलाई कानुन उपसमूहतर्फ एसपीमा बढुवा गर्ने निर्णय गरिएको छ भने एमाले उपमहासचिव प्रदीप ज्ञवालीका नातेदार होम ज्ञवालीले कर्मचारी प्रशासनमा झण्डै दुई बर्ष,भण्डारमा डेढ बर्ष रमाएर भर्खरै लेखा समूहतर्फ कामु एसएसपीको फुली लगाउन भ्याएका छन् ।
सशस्त्र प्रहरी नियमावली २०७२ बमोजिम रिक्त एक दरबन्दीमा पाण्डेलाई बढुवा गरिएको सूचना निस्किएको छ । सोही नियमावलीको नियम ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र बढुवाउपरको उजुरी गर्न सकिने बताइएको छ तर बढुवाको प्रवन्ध नै एक ब्यक्तिको अनुकूल हुनेगरी मिलाएपछि कसले रोक्ने,कसले छेक्ने ?

टिप्पणीहरू