काँग्रेसको निर्णय : अरुलाई माननीयको टिकेट,आफूलाई सरकार

काँग्रेसको निर्णय : अरुलाई माननीयको टिकेट,आफूलाई सरकार

नेपाली काँग्रेसको राजधानीमा जारी केन्द्रीय समिति बैैठक हिजो सम्पन्न भएको छ । बैठकले ‘स्थिर सरकार’ का लागि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भाषा मिलाएर जे लेखिए पनि त्यहाँ उठेका जिज्ञासा र नेतृत्वको जवाफ अचम्मको पाइएको छ । काँग्रेसले चुनावमा तालमेल गरे पनि त्यसपछि अरु दलसँग सत्ता गठबन्धन गर्न नपाइने शर्त अघि सारेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि आलोपालो सरकारको विषय उठाएपछि काँग्रेसका नेताहरु सशंकित भएका देखिन्छन् । उनीहरुले सत्ता गठबन्धन र तालमेल भए पनि आगामी पाँच वर्ष काँग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने शर्त तेर्साएका हुन् ।

टिप्पणीहरू