जोरपाटीमा बोरिङ खन्दा लेदोको फोहोरा आकाशतिर

जोरपाटीमा बोरिङ खन्दा लेदोको फोहोरा आकाशतिर

काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा लेदो माटोसहितको पानीको फोहोरा निस्किएको छ ।

आज बिहान स्थानीय सन्तबीर लामाको घरमा बोरिङ खन्ने क्रममा जमिनमुनिबाट लेदोसहित पानीको फोहोर निस्किएको प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार फोहोरा घरभन्दा अग्लो देखिएको छ । निस्किएको लेदो माटो आकाशतिर फैलिँदा वरपरका घरमा परेको छ । अन्य केही क्षति भएको छैन । अहिले पनि फोहोरा निस्किने क्रम जारी छ ।

उक्त स्थानमा खानी विभागका पदाधिकारीहरू पुगेर अध्ययन गरिरहेको डिएसपी न्यौपानेले जानकारी दिए ।

टिप्पणीहरू