सम्पत्ति विवरण बुझाउन जनप्रतिनिधिद्वारा आनाकानी
बाराको पचरौता नगरपालिकाले निर्वाचित जनप्रतिनिधिलाई आफ्नो सम्पत्ति विवरण पेश गर्न आग्रह गरेको छ । नगर प्रमुख जलन्धर सिंह जैसवारले कर्मचारी र निर्वाचित जनप्रतिनिधिलाई आफ्नो सम्पत्ति विवरण पेश गर्न आग्रह गरेका हुन् ।
स्थानीय जनप्रतिनिधिको सम्पत्ति विवरण नगरपालिका कार्यालयमा समयमै दर्ता गरी अभिलेख राख्नुपर्ने भएकाले उनीहरुलाई साउन १३ गतेसम्म सम्पत्ति विवरण पेश गर्न ताकेता गरिएको बताइएको छ । तर, कर्मचारीहरुलाई भने साउन मसान्तसम्मको समय दिइएको मेयरको भनाइ छ ।
‘सबै जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो सम्पत्ति विवरण निर्धारित ढाँचाको फारम भरी जनप्रतिनिधिको हकमा साउन १३ गते र कर्मचारीको हकमा साउन ३० गते कार्यालय समयभित्र यस कार्यालयमा दर्ता गराई फारम बुझाउनुपर्ने छ,’ मेयरद्वारा जारी सूचनामा उल्लेख छ ।
निर्वाचित भएपछि जनप्रतिनिधिले अनिवार्य सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी प्रावधान छ । सोहीअनुसार स्थानीय सरकारले पनि निर्वाचित भएको ६० दिन र आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्न जनप्रतिनिधिलाई ताकेता गरेको हो ।

टिप्पणीहरू