बलात्कारी आरोपी सिंहासनमा, मन्त्रीहरु दाँया र बायाँको सोफामा

बलात्कारी आरोपी सिंहासनमा, मन्त्रीहरु दाँया र बायाँको सोफामा

बलात्कारको आरोप लागेका कृष्णबहादुर गिरी उर्फ सिद्धबाबालाई सिंहासनमा राखेर दुई जना मन्त्री दायाँ र बायाँको सोफामा बसेका छन् ।

गम्भीर प्रकृतिको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर आरोपी बाबासँगै राजधानीको एउटा मञ्चमा देखिएका हुन् ।

पशुपति मन्दिर परिसरमा आयोजित कार्यक्रममा दुई मन्त्रीसँगै राजनीतिक दलका अन्य नेताहरु पनि ‘बाबा’ सँगै सहभागी भएका हुन् । एक महिला अनुयायीमाथि तीन वर्षअघि आश्रममा बलात्कार गरेको आरोप लागेपछि चलेको उनीविरुद्धको मुद्दा जिल्ला अदालत सुनसरीमा विचाराधीन छ ।

महायज्ञ उद्घाटनको निम्ति त्यहाँ पुगेका सञ्चारमन्त्रीले भने, ‘महायोगी सिद्धबाबाका बारेमा मैले धेरै कुरा गर्न आवश्यक छैन, सूर्य भगवानलाई आरती गरे सरह हो ।’

यसरी अभियुक्तसँगै बसेर कार्यक्रममा सहभागी हुँदा, उनलाई प्रशंसा गरेर सम्बोध गरेका कारण सर्वत्र आलोचना शुरु भएको छ । ‘सकारी ओहोदाका कसैले पनि मुद्दाका आरोपीसँग कार्यक्रममा सहभागी हुनु कानुनको गम्भीर उल्लंघन हो,’ सिद्धबाबाको मुद्दामा सहभागी एक जना सरकारी वकिलले भने ।

टिप्पणीहरू