एसियाली खेलकुद अर्को वर्ष हुने

एसियाली खेलकुद अर्को वर्ष हुने

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले एसियाली खेलकुदको नयाँ मिति तय गरेको छ । कोरोनाले स्थगित भएपछि ओसिएले नयाँ मिति सार्वजनिक गरेको हो ।

सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ गतेसम्म एसियन गेम्स सञ्चालन गर्ने ओसिएले जनाएको छ । एसियाडसमेत भनिने १९औं एसियन गेम्स चीनको हाङचौमा हुने छ ।

यो वर्ष सेप्टेम्बर १० देखि २५ गतेसम्म आयोजना गर्ने भनिएको खेल कोरोना महमारीका कारण स्थगित गरिएको हो ।

ओसिएको कार्यकारी बोर्डले गत मे ६ गते खेलकुद स्थगित भएको जानकारी गराएको थियो ।

टिप्पणीहरू