प्रधानमन्त्री र प्रचण्डबीच भेट तारन्तार

प्रधानमन्त्री र प्रचण्डबीच भेट तारन्तार

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि भेटवार्ता भएको छ । उहाँहरुबीच आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै एक घण्टा भेटवार्ता भएको थियो ।

भेटवार्तापछि अध्यक्ष प्रचण्ड साढे ११ बजेको समयमा बालुवाटारबाट बाहिरिनुभएको हो । यसअघि शुक्रबार बिहान बालुवाटारमा भएको सत्ताधारी गठबन्धनका शीर्ष नेताहरुसँगको भेटवार्तामा पनि उहाँहरुबीच कुराकानी भएको थियो ।

शुक्रबार राति नै प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएको छ । त्यसअघि उहाँहरुबीच निरन्तर भेटवार्ता हुँदै आएको छ । गत आइतबार भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्षबीच आज बिहानक समेत गरि तीन पटक भेटवार्ता भएको हो ।

टिप्पणीहरू