रकम बुझ्ने, पोशाक नलगाउने कर्मचारीमाथि कारबाही
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारभित्र कार्यरत एक सय ६७ कर्मचारीलाई कारबाही गरेको छ ।
केन्द्रले अस्ति सिंहदरबार परिसरमा रहेका विभिन्न मन्त्रालय–आयोग–कार्यालयमा गरेको छड्के अनुगमनको क्रममा उनीहरु कारबाहीमा परेका हुन् ।
केन्द्रका अनुसार सो दिन एक सय २० जना कर्मचारी बिनासूचना कार्यालयमा अनुपस्थित भएका थिए । त्यस्तै, १९ जना हाजिर गरेर बिहानै टाप कसिसकेको पाइएको केन्द्रको भनाइ छ ।
केन्द्रका अनुसार नेपाल सरकारले तोकेबमोजिम २८ कर्मचारीले कार्यालय पोशाक लगाएका थिएनन् ।
यसरी बिना कुनै सूचना कार्यालयमा अनुपस्थित रहने र तोकिएको पोशाक नलगाउने कर्मचारीलाई प्रचलित कानूनबमोजिम कारबाही गर्न सम्बन्धित निकायमा लेखि पठाइएको छ ।
टिप्पणीहरू