भदौ १ गतेदेखि राजधानी काठमाडौं थप दुर्गन्धित हुने
काठमाडौँ उपत्यकाको फोहोर डम्पिङ गर्ने गरिएको नुवाकोटको सिसडोल, बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले फोहोर फाल्न नदिने घोषणा गरेका छन् । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आज राजधानीमा पत्रकार सम्मेलन गरेर फोहोर फाल्न नदिने बताएका हुन् ।
उनीहरुले आगामी भदौ १ गतेबाट उपत्यकाको फोहोर सधैँका लागि फाल्न नदिने घोषणा गरेपछि राजधानीको फोहोर व्यवस्थापन थप पेचिलो बनेको हो ।
सरकार र काठमाडौँ महानगरपालिकासँग पटक पटक गरिएको सहमति कार्यान्वयन नभएको भन्दै सरोकार समितिले सँधैका लागि फोहोर फाल्न रोक लगाउने बताएको हो । महानगरले जथाभावी फोहोर फाल्दा स्थानीय बासिन्दा समस्यामा परेको सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले गुनासो गरे ।
उनले यो विषयमा यसअघि नै प्रधानमन्त्री कार्यालय र शहरी विकास मन्त्रालयलाई समेत जानकारी गराइसकेको बताए ।
टिप्पणीहरू