नागरिकता विधयेक राष्ट्रियसभाबाट पनि पास
प्रतिनिधि सभाको बैठकले पास गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ ।
राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले पेस गरेको ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनका रुपमा विधेयक कार्यान्वयनमा आउँछ ।
विधेयकमा विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरी आएलगत्तै वैवाहिक अंगीकृत नागरिकता पाउने र गैरआवासीय नेपालीलाई समेत सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधि गर्ने पाउनेगरि नागरिकता दिने व्यवस्था गरिएको छ ।
अंगिकृत नागरिकताका विषयमा बाहिर चर्को विरोध भएपनि सदनमा भने सांसदहरुले रोक्ने प्रयास गरेनन् ।
टिप्पणीहरू