आतंक मच्चाएको राँगोलाई गोदामचौरमा ढालियो
नेपालगञ्जबाट काठमाडौं ल्याइएको राँगोले थानकोट वरिपरि आतंक मच्चाएपछि गोली हानेर मारिएको छ । थानकोटमा झार्ने क्रममा भागेको राँगोले सडक र बस्तीमा पसेर आतंक मच्चाएको थियो ।
सर्वत्र आतंक मच्चाएकाले राँगोलाई गोली हानेर मारिएको प्रहरीले बताएको छ । नियन्त्रणभन्दा बाहिर गएपछि उक्त राँगोलाई गोली हान्नु परेको प्रहरीको दाबी छ ।
थानकोटदेखि अनियन्त्रित हुँदै तीन किलोमिटर टाढासम्म भागेको राँगोलाई नियन्त्रणमा लिन नसकेपछि चन्द्रागिरि क्षेत्रको गोदामचौरमा पुगेपछि गोली हानिएको हो ।
टिप्पणीहरू