कुकुर्नीलाई पनि महिलाले प्रयोग गर्ने संगिनीजस्तै तीन महिने सुई

कुकुर्नीलाई पनि महिलाले प्रयोग गर्ने संगिनीजस्तै तीन महिने सुई

मकवानपुरको थाहा नगरपालिकाले कुकुर्नीलाई तीन महिने सुई लगाइदिने भएको छ । कुकुरले अत्यधिक दुःख दिन थालेपछि नगरपालिकाले गर्भनिरोधक सुई अभियान थालेको हो ।

कुकुरको संख्या बढ्न नदिन भोलिदेखि गर्भनिरोधक सुई लगाइने नगरका पशु शाखा प्रमुख राघविन्द्र मिश्रले बताए । उनकाअनुसार नगरका १२ वटै वडामा कुकुर्नीलाई गर्भनिरोधक सुई लगाइने छ । पछिल्लो समय नगरपालिकामा कुकुरले वितण्डा मच्चाउन थालेपछि नगरपालिकाले यो निर्णय गरेको हो ।

कुकुरले अन्नबालीसमेत सखाप पार्न थालेपछि किसानहरुले कुकुर मार्नुपर्ने माग राख्दै आएका थिए । तर नगरपालिकाले मार्ने नभई सुई लगाएर नियन्त्रण गर्ने प्रक्रिया अघि सारेको हो । यसका लागि प्राविधिक टोलीसमेत खटाइ सकिएको प्रमुख मिश्रको भनाइ छ ।

‘कुकुरको प्रजनन हुने मौसम शुरु भएकाले यो अभियान थालेका हौं’, उनले भने । यसले कुकुरको संख्या नियन्त्रण गर्नेमा उनी विश्वस्त छन् । यता, नगरले आँउदो पुसदेखि बन्ध्याकरण गराउने योजना बनाएको छ ।

टिप्पणीहरू