एसइइमा ग्रेड वृद्धि गर्न चाहनेलाई मौका

एसइइमा ग्रेड वृद्धि गर्न चाहनेलाई मौका

माध्यमिक शिक्षा परीक्षा (एसइइ) ग्रेड वृद्धिको परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज ग्रेडवृद्धि परीक्षाको मिति तय गरेको हो ।

‘सी’ वा सोभन्दा कम ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरुले बढीमा दुई विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आवेदन फाराम भरी भदौ ५ गतेसम्म शिक्षा विकास तथा समन्वय इकाइमा पेश गर्नुपर्नेछ ।

अन्तिम ग्रेडमा ‘सी’ भन्दा कम प्राप्त गरेका विषयहरुमध्ये परीक्षार्थीहरुले आफूले चाहेको बढीमा दुई विषय वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । परीक्षामा सहभागी हुने विद्यार्थीले पाँच सय राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम सक्नेछन् ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ ।

टिप्पणीहरू