अध्यक्ष बाबुरामतिर गएपछि उपेन्द्रले तोके ट्रेड युनियनमा नयाँ अध्यक्ष
जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी ट्रेड युनियन महासंघको नयाँ अध्यक्ष चयन गरिएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले अर्जुन लम्साल अध्यक्ष रहनेगरी ४९ सदस्यीय नयाँ समिति गठन गरेका हुन् ।
हिजो ललितपुर महानगरपालिका वडा नम्बर ९ बालकुमारीस्थित महासंघको पुरानो केन्द्रीय कार्यालय भवनमा बसेको बैठकले उनलाई अध्यक्ष चुनेको हो ।
जसपा नेपालका विदेश विभाग प्रमुख रकम चेम्जोङको प्रमुख आतिथ्यतामा बसेको बैठकमा करिब दुई दर्जनको उपस्थिति थियो ।
महासंघका अध्यक्ष लालध्वज नेम्वाङलगायतको टोली बाबुराम भट्टराई पक्षमा गएकाले यादव पक्षले नयाँ समिति गठन गरेको हो ।
लम्साल यसअघि महासचिव थिए ।
टिप्पणीहरू