शीतल निवासमा शपथ खानुअघि जनार्दन खुमलटारमा
भर्खर अर्थमन्त्रीको रुपमा कार्यभार सम्हाल्न सिंहदरवार पुगेका माओवादी नेता जनार्दन शर्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न अपराह्न खुमलटार पुगेका छन् ।
प्रचण्ड निवास खुमलटार पुगेर अध्यक्षसँग करिब आधा घण्टा कुराकानी गरी बाहिरिएका उनी सोझै शीतल निवास पुगेर शपथ खाइवरी मन्त्रालय पुगेका छन् । चार बजेको आसपासमा खुमलटार पुगेका शर्मा चारको हाराहारीमा त्यहाँबाट बाहिरिएको प्रचण्डको सचिवालय स्रोतले जनाएको छ ।
बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले छानविनका लागि राजीनामा दिएर मार्गप्रशस्त गरेका थिए । तर, संसदीय विशेष समितिले आरोप पुष्टि हुने प्रमाण फेला नपरेको निष्कर्षसहितको प्रतिवेदन बुझाएसँगै उनको मन्त्रालय फर्किने बाटो खुलेको हो ।
फेरि अर्थमै फर्किने शर्माको आग्रहमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएका हुन् ।
टिप्पणीहरू