धादिङबेसीमा दाह्री र कपाल ५० रुपैयाँमा सफाचट
धादिङ्ग सदरमुकाममा ५० रुपैयाँमा दाह्री र कपाल काट्ने सुविधाको हेयर ड्रेसिङ सैलुन खोलिएको छ । पछिल्लो दररेटअनुसार कपाल काटेको र दाह्री काटेको न्यूनतम दुई सय तिर्नुपर्छ । तर,गुजुमान गुभाजुले सर्वसाधारणलाई सुविधा दिने उध्देश्यले उक्त रेट तोकेका हुन् ।
सदरमुकामको पहरे चौतारामा खोलिएको भूपू सैनिक स्टायल हेयर कटिङमा बृध्द,अशक्त र ५ वर्ष मुनिका बालबालिकालाई सित्तैमा कपाल काटिदिने भनिएको छ ।
उनले भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खाएसरह हुने उल्लेख गर्दै भन्ने गरेका छन्, ‘यत्तिले खान पुग्छ भने किन धेरै लिनु ?’
उनले सेवाग्राहीको सुविधाको निम्ति पसल बाहिरको साइनबोर्डमा मोबाइल नम्बरसमेत उल्लेख गरेका छन् । उनको मोबाइल नम्बर ९८४१९२०७५६ हो ।
टिप्पणीहरू