मधेशमा पर्यटन विकासका लागि तीन वटा कार्यालय
मधेश सरकारले पर्यटन विकास कार्यालय स्थापना गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले तीन ठाउँमा त्यस्तो कार्यालयको स्थापना गर्ने निर्णय गरेको छ ।
बैठकले सिरहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको वीरगञ्जमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रुपेशकुमार साहले जानकारी दिए ।
बैठकले जनकपुरधाममा सञ्चालित उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पनि खारेज गरेको छ । यस्तै, मधेश सरकारले वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने निर्णय गरेको छ ।
टिप्पणीहरू