राजधानीमा एकै परिवारका चार जना मृत फेला
काठमाडौंको तारकेश्वरमा एकै परिवारका चार जना मृत फेला परेका छन् । तारकेश्वर नगरपालिका–११, तारकेश्वरमा श्रीमान–श्रीमती र दुई छोराछोरीको शव फेला परेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरुको पहिचान खुलेको छैन । एकै परिवारका चार जना मृत अवस्थामा फेला परेको खबरपछि काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली घटनास्थल पुगेको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताइन्छ ।
टिप्पणीहरू