साढे ८ करोडको अगरबत्ती निर्यात, नेपाली धेरै भएका मुलुकमा बढी

साढे ८ करोडको अगरबत्ती निर्यात, नेपाली धेरै भएका मुलुकमा बढी

गत आर्थिक वर्षको एक वर्षमा नेपालबाट आठ करोड ९३ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार नेपालबाट उक्त मूल्य बराबरको १६ लाख ३५ हजार किलोग्राम अगरबत्ती निर्यात भएको हो ।

नेपालबाट विश्वका ५० वटा देशमा अगरबत्ती निर्यात हुने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपालबाट अष्ट्रेलिया, अष्ट्रिया, भुटान, भारत, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, टर्की, अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स, युरोपका केही मुलुकमा अगरबत्ती निर्यात हुँदै आएको छ ।

अमेरिकामा दुई करोड ४० लाख रुपैयाँको अगरबत्ती निर्यात हुँदा ताइवानमा ७७ लाख रुपैयाँको र स्पेनमा ६८ लाख रुपैयाँको निर्यात भएको छ । यस्तै, रुसमा ३० लाख, पोल्याण्डमा १५ लाखको र जर्मनीमा ५५ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।

टिप्पणीहरू