भारतबारे नेमकिपा र सांसद प्रेम सुवालको आफनै व्याख्या

भारतबारे नेमकिपा र सांसद प्रेम सुवालको आफनै व्याख्या

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पमा सरकारको ध्यान नपुगेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताएका हुन् ।

उनले नेपाल आयल निगमको सञ्चित नोक्सानी ३१ अर्ब पुगेको बेलामा सरकारले पेट्रोलियम पदार्थको विकल्प नसोचेको आरोप लगाएका छन् । सरकारले भारतलाई बिजुली बेचेर १६ अर्ब आम्दानी गर्ने बताइरहँदा सांसद सुवालले नेपालीलाई नै सस्तोमा बिजुली दिन आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराएका छन् ।

‘नेपाल आयल निगमको सञ्चित नोक्सानी ३१ अर्ब पुगेको बताइएको छ । यति नोक्सानी भइरहँदा नेपाल सरकारले विकल्प सोचेको छैन,’ उनले भने, ‘सरकारले भारतलाई बेचेको ३६४ मेगावाट बिजुलीबाट १६ अर्ब आम्दानी भएको बतायो । बिजुली भारतलाई बेच्नुभन्दा नेपालीलाई सस्तोमा दिए हुन्छ नि १‘

भारतले आफ्नो लगानी भएको परियोजनाको बिजुली मात्र नेपालबाट किन्ने योजना सार्वजनिक भइरहँदा यो भारतले नेपाललाई आफ्नो कब्जामा राख्न चाहेको उनको दाबी छ ।

टिप्पणीहरू